top of page

दियुको अचम्मको सिकाइ: अशिक्षित बाट पढ्न र लेख्न सक्ने यात्रासम्म

दियुको अचम्मको सिकाइ: अशिक्षित बाट पढ्�न र लेख्न सक्ने यात्रासम्म

मैले अहिले तपाईंलाई बताउन लागेको व्यक्ति मैले भेटेका सबैभन्दा विशेष मानिसहरूमध्ये एक हुन्। उनको नाम दियु हो, र उनी भियतनामको एक आदिवासी क्षेत्रबाट आएका हुन्। उनलाई “सनसनी” भन्ने शब्दको अर्थ पनि थाहा छैन, त्यसैले उनी कुनै प्रसिद्धि खोज्ने मानिस होइनन्। उनले केवल आफूले अनुभव गरेको कुरा साझा गर्छन्।
केही वर्षअघि म हो ची मिन्ह सिटीको एक होटलको कोठामा उनीसँग आमनेसामने बसेर उनको कथा सुन्दै थिएँ। मैले धेरै प्रश्नहरू सोधेँ, किनकि मलाई थाहा थियो कि मैले साझा गर्न लागेको कुरा धेरै मानिसहरूलाई विश्वास गर्न कठिन लाग्न सक्छ। सबै विवरण सही छन् भन्ने सुनिश्चित गर्न, म पछि फेरि दियुलाई भेट्न गएँ र सम्पूर्ण कथा फेरि एकपटक सुनेँ। अर्थात्, यो कथा पुष्टि गरिएको हो—यदि हामी चमत्कारप्रति अविश्वासी मनोवृत्ति राख्दैनौँ भने, परमेश्वरले उनको जीवनमा गर्नुभएको कार्यमा आनन्दित हुनबाट केहीले रोक्न सक्दैन।

दियु भियतनामको पहाडी क्षेत्रमा अत्यन्त गरिब परिवारमा हुर्किएका थिए। उनका आमाबुबासँग उनलाई विद्यालय पठाउने क्षमता थिएन, त्यसैले उनी न पढ्न जान्थे न लेख्न। एकदिन केही ख्रीष्टियन प्रचारकहरू त्यहाँ आए र सुसमाचार सुनाए। दियुले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरे। नयाँ विश्वासमा आएका दियुको हृदयमा परमेश्वरको वचन अझ धेरै जान्ने ठूलो इच्छा जाग्यो, तर अशिक्षित भएकाले यो उनको लागि धेरै कठिन थियो।
तर उनका पास्टरले उनलाई अलौकिक रूपमा पढ्न र लेख्न सक्ने वरदानका लागि प्रार्थना गर्न प्रोत्साहन दिए। पास्टरले भने, “विश्वास गर, परमेश्वरले व्यवस्था गर्नुहुनेछ।” त्यसपछि दियुले प्रार्थना गर्न थाले। उनले आफ्नो बाइबल दुवै हातले समाते र परमेश्वरलाई पुकारे।
एक रात दियुले उपवास र प्रार्थनामा प्रभुलाई खोज्न घर छोडेर जंगल जाने निर्णय गरे। उनी तीन दिन र तीन रात जंगलमा बसे। त्यो सम्पूर्ण समयमा उनले बाइबल पढ्न सक्ने क्षमता दिन परमेश्वरसँग रोएर प्रार्थना गरे।
त्यस बेला, एक्कासी उनले एउटा आवाज सुने: “तिमीले मेरो वचन जान्नेछौ।” दियुले मलाई बारम्बार भने कि उनले यो वास्तविक सुनिने आवाजको रूपमा सुनेका थिए। त्यो आवाजले उनको नाम पनि बोलायो: “दियु, म तिमीलाई बाटो देखाउनेछु।”
तेस्रो रात उनी घर फर्किए। परिवारका सबै सदस्यहरू सुतिसकेका थिए। दियुले एउटा मैनबत्ती बालेर बाइबल खोले। तुरुन्तै उनले पहिले बुझ्न नसक्ने अक्षरहरू पढ्न सके। उनी यति धेरै उत्साहित भए कि पूरै रात बाइबल पढिरहे। लामो समय पढ्दा उनको टाउको बिस्तारै बाइबलतिर झुक्यो र मैनबत्तीको आगोले उनको कपालसमेत पोलियो।
पछि उनले आफू लेख्न पनि सक्छु कि भनेर प्रयास गरे। उनले लेख्न खोजे, र आनन्दका साथ महसुस गरे कि उनी लेख्न पनि सक्षम भएका छन्!
उत्साहले भरिएर उनले आफ्नो पास्टरलाई आफूले पढ्न र लेख्न सक्ने वरदान पाएको बताए। तर अचम्मको कुरा, पहिले पढ्न सक्ने चमत्कारमा विश्वास गर्न सिकाउने त्यही पास्टरलाई अब लेख्न सक्ने चमत्कारमा विश्वास गर्न गाह्रो भयो। विशेषगरी दियुले एकै रातमा लेख्न सिकेको कुरा उनलाई असम्भव लाग्यो।
पास्टरले भने, “तिमी मेरो साथ चर्चमा हिड , म केही बोल्छु अनि तिमी बोर्डमा लेखनु ।” पास्टरले बोल्न थाले, र दियुले सुन्दर भियतनामी अक्षरमा ब्ल्याकबोर्डमा लेखे।
मैले सैगोनमा डेभिड नामका व्यक्तिलाई पनि भेटेँ, र उनले यो घटना साँच्चै भएको पुष्टि गरे। यति मात्र होइन, त्यो पास्टरले भने कि त्यही आदिवासी क्षेत्रमा १०० भन्दा बढी अशिक्षित नयाँ विश्वासिहरूले पनि पढ्न र/वा लेख्न सक्ने वरदान पाएका गवाहीहरू छन्।

Hjerte til nettside.png
  • Facebook
bottom of page